कैलालीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु – Nepal Press

कैलालीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । कैलाली जिल्लाको लम्कीचुहामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको  मृत्यु भएको छ । बुधबार सो ठाउँमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा लम्कीचुहा नगरपालिका वडा नं ४ बलिया बस्ने दिनेश चौधरीको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिम जाँदै गरेको ना ५ ख ८४०६ नम्बरको ट्रकले लु ७८ प ३९०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते चौधरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतीक बिष्टले जानकारी दिए । अहिले सडक अवरुद्ध छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर