ओली पक्षीय नेकपाको चितवन अध्यक्षमा पार्वती रावल र सचिवमा शैलेष खनाल चयन – Nepal Press

ओली पक्षीय नेकपाको चितवन अध्यक्षमा पार्वती रावल र सचिवमा शैलेष खनाल चयन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोली नेतृत्वको नेकपाले चितवन जिल्लाको नेतृत्व पुनर्गठन गरेको छ । अध्यक्ष यमवहादुर परियार र सचिव कृष्णभक्त पोखरेल प्रचण्ड–माधव पक्षमा लागेपछि पार्वती रावलको अध्यक्षतामा नयाँ कमिटी गठन भएको हो ।

पुनर्गठित कमिटीको अध्यक्षमा दिलकुमारी रावल (पार्वती) र सचिवमा शैलेष खनाल चयन भएको नेकपाले जनाएको छ । रावल राष्ट्रियसभा सदस्य तथा साबिक एमालेको जिल्ला कमिटी सचिव थिइन् ।

त्यस्तै सचिवमा चयन भएका खनाल साबिक माओवादीका हुन् । गृहमन्त्री रामवहादुर थापा बादल निकट खनाल पूर्व लडाकु समेत हुन् । चितवन बादलको गृहजिल्ला समेत रहेकाले सचिवमा उनी निकट नेतालाई जिम्मा दिइएको हो ।

नवनियुक्त अध्यक्ष रावलले साविक जिल्ला कमिटी सदस्यहरुलाई यथावत राखी ५०१ सदस्यीय दशौं जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरिएको नेपाल प्रेसलाई बताइन् ।

वागमती प्रदेश कमिटी अन्तर्गत ओली पक्षले प्रचण्ड–माधव पक्षमा लागेका पदाधिकारीलाई हटाएर नयाँ कमिटी गठन लगभग टुंगो लगाएका अध्यक्ष आनन्द पोखरेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर