पुलिस र आर्मी बराबरीमा रोकिए, दुई खेल अगावै एपिएफ च्याम्पियन – Nepal Press

पुलिस र आर्मी बराबरीमा रोकिए, दुई खेल अगावै एपिएफ च्याम्पियन

काठमाडौं । विभागीय डर्बी नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब १-१ गोलको बराबरीमा रोकिएसँगै राष्ट्रिय महिला लिगको उपाधि एपिएफ क्लबले दुई खेल अगावै जितेको छ ।

राजधानीमा जारी लिगअन्तर्गत बुधबार एन्फा कम्प्लेक्समा खेलमा दोस्रो स्थानको आर्मी बराबरीमा रोकिएपछि शीर्ष स्थानको एपिएफले दुई खेल उपाधि सुनिश्चित गरेको हो । जारी सिजन सतप्रतिशत नतिजा निकाल्न सफल एपिएफले १० खेलबाट ३० अंक जोडिसकेको छ ।

कूल १२ मध्ये ११ खेल खेलिसकेको आर्मीले २६ अंक मात्रै जोड्न सफल भएको छ । यससँगै एपिएफ बाँकी खेलमा अंकविहीन भए पनि च्याम्पियन बन्ने निश्चित भएको हो ।

अम्रिता जैसीले १७औं मिनेटमा गरेको गोलसँगै पुलिसले पहिलो हाफमा अग्रता लिएको थियो । पहिलो हाफमा १(० ले पछि परेको आर्मीका लागि ५३औं मिनेटमा रश्मी घिसिङले बराबरी गोल फर्काएकी थिइन् ।

विजेता एपिएफले १५ लाख रूपैयाँ प्राप्त गर्नेछ । त्यस्तै, दोस्रो र तेस्रो र चौथो हुने टोलीले क्रमशः ८ लाख, ५ लाख र ३ लाख रूपैयाँ प्राप्त गर्नेछन् । लिगकी सर्वोत्कृष्ट घोषित हुने खेलाडीले स्कुटर तथा उत्कृष्ट स्ट्राइकर, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले ५० हजार रूपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै, फेयर प्ले टीमले थप १ लाख ५० हजार प्राप्त गर्ने आयोजकले बताएको छ । लिगमा सहभागी हुने सबै टोलीले १ लाख रूपैयाँ तयारी खर्च र ५० हजार रूपैयाँ कोरोना राहत प्राप्त गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर