सुनको मूल्य ११ सयले घट्यो, सात महिनापछि प्रतितोला ९० हजारभन्दा तल – Nepal Press

सुनको मूल्य ११ सयले घट्यो, सात महिनापछि प्रतितोला ९० हजारभन्दा तल

काठमाडौं । बुधबार सुनको मूल्यमा ११ सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला   ८९८०० सय रुपैयाँ कायम भएको छ । यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला ८९,३५० कायम भएको छ ।

आजको सुनको मूल्य ७ महिनापछि नेपाली बजारमा ९० हजारभन्दा तल झरेको पहिलो पटक हो । कोरोनाको महामारीपछि अन्तराष्ट्रिय बजारमा नै लगनीकर्ताले सुनमा लगानी बढाएका थिए ।

जसले नेपाली बजारमा सुनको मूल्य आकाशिदैं एक लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । त्यसपछि सुनको मूल्यमा गिरावट आउँदै गएको छ ।

आज चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । अघिल्लो दिनको भन्दा तोलामा तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ४० रुपैयाँ भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर