महिला लघुवित्तको आईपीओमा आवेदन आजसम्म दिन सकिने – Nepal Press

महिला लघुवित्तको आईपीओमा आवेदन आजसम्म दिन सकिने

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत माघ ३० गतेदेखि  जारी गरेको आइपीओ बुधबार (आज) सम्म दिन सकिने छ ।

कम्पनीले माघ २८ गतेदेखि आईपीओ निष्कासन गर्ने भनेकोमा उक्त मिति परिवर्तन गरि माघ ३० आईपीओ निष्कासन गरेको थियो ।

१ सय रुपैयाँ दरको ४ लाख कित्ता अर्थात ४ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री गरेको हो । जसमध्ये ०.५० प्रतिशत अर्थात ५ हजार कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको थियो ।

र, बाँकी रहने ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वधारणलाई निष्काशन गरिने संस्थाले जनाएको छ । इच्छुक आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिएका हुन्।

आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा फागुन ५ गते र ढिलामा फागुन १४ गतेसम्म हुने भनिएकोमा माग भन्दा धेरै गुणा आवेदन परेपछि कम्पनीले आज नै निष्कासन बन्द गर्न लागेको हो ।

हाल लघुवित्तको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । ४ करोडको आईपीओ पश्चात संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर