जसपा र कांग्रेस नेता ओलीपक्षीय नेकपामा प्रवेश – Nepal Press

जसपा र कांग्रेस नेता ओलीपक्षीय नेकपामा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य किरण साह केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् ।

उनलाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले मंगलवार बालुवाटारमै आयोजित कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् ।

साह रौतहट क्षेत्र नम्बर २ बाट २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभाको सदस्यका लागि उम्मेदवार थिए । उनी कांग्रेसका अफताब आलमको निकटतम प्रतिस्पर्धी बनेका थिए ।

साहसँगै धनुषाका कांग्रेस नेता बलराम ठाकुर पनि नेकपा प्रवेश गरेको युवा संघका नेता सन्जिकुमार झाले बताए । ठाकुर वृहत्तर जनकपुर विकास समितिका कार्यकारी निर्देशक हुन् ।

कांग्रेस उपसभापति विमलेन्द्र निधी निकट ठाकुरलाई निधीलेनै सो पदमा नियुक्त गरेका थिए । यसअघि जसपाका नेता डा. शिवजी यादव पनि ओली नेतृत्वको नेकपामा प्रवेश गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर