फागुन १३ गते ओली पक्षले पोखरामा विशाल मोटरसाइकल र्‍याली गर्ने – Nepal Press

फागुन १३ गते ओली पक्षले पोखरामा विशाल मोटरसाइकल र्‍याली गर्ने

१५ गतेको जनसभालाई सघाउन २२ सय २२ सदस्यीय स्वयंसेवक समिति समेत गठन

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (ओली) पक्षले फागुन १३ गते पोखरामा मोटरसाइकल र्‍याली गर्ने भएको छ । ओली पक्षले फागुन १५ गते पोखरामा गर्ने जनसभाको पूवसन्ध्यामा ‘विशाल मोटरसाइकल’ र्‍याली गर्ने घोषणा गरेको हो ।

१५ गते पोखरामा हुने जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आउँदैछन् । जनसभालाई सफल पार्न युवा संघका पूर्व अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजीव पहारीको संयोजकत्वमा २२ हजार २२ जनाको स्वयंसेवक समिति गठन गरिएको छ ।

जनसभालाई सघाउन समितिले फागुन ११ गतेदेखि विभिन्न चरणबद्ध कार्यक्रम गर्ने संयोजक राजीव पहारीले जानकारी दिए । उनले समितिले मोटरसाइकल र्‍यालीसहित मार्चपास, बहृत स्वयंसेवक भेला गर्ने समितिले तयारी गरिरहेको जनाए ।

१३ गते हुने मोटरसाइकल र्‍याली अहिलेसम्मकै विशाल हुने दाबी संयोजक पहारीको छ । ‘यो मोटरसाइकल र्‍यालीमा १० हजार आउनेछन् । अहिलेसम्मकै ठूलो हुनेछ,’ उनले भने । १३ गते दिउँसो २ बजे अमरसिंहबाट मोटरसाइकल र्‍याली सुरु भएर पोखरा परिक्रमा गर्ने समितिले निर्णय गरेको छ ।

समितिले फागुन ११ गते पोखरामा बृहत स्वयंसेवक भेलासमेत गर्ने भएको छ । १४ गते सभागृहमा स्वयंसेवकको मार्चपास हुने छ । मार्चपासका लागि ११ सय ११ जनाको परिचालन कमिटी हुने कार्यतालिका छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर