शेखर कोइराला भन्छन्: बाग्मती र प्रदेश १ मा कांग्रेसले अविश्वासकाे प्रस्तावमा मत हाल्नुपर्छ – Nepal Press

शेखर कोइराला भन्छन्: बाग्मती र प्रदेश १ मा कांग्रेसले अविश्वासकाे प्रस्तावमा मत हाल्नुपर्छ

धरान । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले वागमती र प्रदेश १ मा कांग्रेसले मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने बताएका छन् ।

आज सुनसरीको धरानमा भएको विरोधसभालाई सम्बोधन गर्दै नेता कोइरालाले विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले मुख्यमन्त्रीविरुद्ध दर्ता गरेको अविश्वास प्रस्तावमा कांग्रेसले मतदान गर्नुपर्ने बताएका हुन् ।

दुवै प्रदेशमा कांग्रेस प्रतिपक्षी भएकाले अविश्वास प्रस्तावको पक्षमा उभिनुपर्ने उनको तर्क थियो । नेपाली कांग्रेसले आधिकारिक निर्णय नगरे पनि विपक्षी भएकोले अविश्वास प्रस्तावको पक्षमा मत हालेर सरकारलाइ ढाल्नुपर्नेमा कोइरालाले जोड दिए ।

उनले भने– अहिले एक नम्बर प्रदेश र वागमती प्रदेशमा कांग्रेसले विपक्षीको धर्म निभाउनु पर्छ । अहिलेको सरकार ढाल्न सघाउनु पर्छ ।

यसबारे कांग्रेसले आधिकारिक निर्णय भने गरेको छैन । अविश्वास प्रस्तावको पक्षमा उभिने कि विपक्षमा भन्नेमा कांग्रेस नेताबीच मतभिन्नता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर