महेन्द्रनगर विमानस्थल सञ्चालनका लागि सम्झौता पत्रमा हस्ताक्षर – Nepal Press

महेन्द्रनगर विमानस्थल सञ्चालनका लागि सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं । महेन्द्रनगरमा विमानस्थल पुनः सञ्चालनका लागि संघ, प्रदेश सरकार, नागरिक उड्ययन प्राधिकरण, भिमदत्त तथा दोधारा चाँदनी नगरपालिकाबीच सम्झौता भएको छ ।

संघ, प्रदेश सरकार र नगरपालिकाबीच लागत सम्बन्धि सोमबार संस्कृति,पर्यटन तथा उडड्यन मन्त्रालयमा सम्झौता भएको हो ।

सम्झौतामा भिमदत्त नगरपालिकामा रहेको महेन्द्रनगर विमानस्थलको धावन मार्गको लम्बाई कम्तिमा १६ सय मिटरसम्मको विस्तार गरिने भएको छ ।

त्यसका लागि आवश्यक पूर्वाधार निर्माण गरी यस विमानस्थललाई आनुनिक स्तरको सुविधा सम्पन्न विमानस्थल बनाउने पनि सम्झौतामा उल्लेख छ ।

साथै, नेपालको सुदुर पश्चिम पर्यटन क्षेत्रको विकासका लागि हवाई सेवा विस्तार गरिने छ । विमानस्थलको सुदृढीकरण, स्तरोन्नती र जग्गा अधीग्रहण गर्नका लागि संघले ५० प्रतिशत रकम आर्थिक साझेदारीका रुपमा उपलब्ध गराउने भएको छ ।

अन्य ५० प्रतिशत रकममा सुदुर पश्चिम प्रदेशले २५ प्रतिशत, भिमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधारा चाँदनी नगरपालीकाले १० प्रतिशत रकम उपलब्ध गराउने छन् ।

निर्माण प्रक्रियाका लागि प्रदेश सरकार र भिमदत्त नगरपालिकाले ५० प्रतिशत रकम नेपाल नागरिक उड्ययन प्राधिकरणको बैंक खातामा हालेपछि मात्र निर्माण समाग्रीको खरीद प्रक्रिया अडाडि बढाइने सम्झौतामा उल्लेख छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर