महुली लघुवित्तले घोषणा गर्‍यो २१ प्रतिशत लाभांस – Nepal Press

महुली लघुवित्तले घोषणा गर्‍यो २१ प्रतिशत लाभांस

काठमाडौं । माघ २९ गते बसेको महुली लघुवित्त वित्तीय संस्थाको १ सय १३ औं संचालक समितिको बैंठकले  कम्पनीको चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लांभास वितरण गर्ने निर्णय गरेको छ ।

यस कम्पनीको चुक्ता पूँजी १८ करोड ६६ लाख २० हजार रहेको छ । कम्पनीले ३ करोड ७३ लाख २४ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि नगद लांभाश १९ लाख ५९ हजार ५ सय १० रुपैयाँ छुट्याएको छ ।

नेपाल राष्ट्र बैंकले लांभाश वितरणका लागि अनुमति दिएपछि   बस्ने कम्पनीको संचालक समितिको बैंठकले लांभाश वितरण गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर