रिचार्जरको ‘भ्यालेन्टाइन’ अफर ५ हजार ९९९ मा ‘हेलिराइड’, शून्य प्रतिशत व्याजदरमा किस्ताबन्दी – Nepal Press

रिचार्जरको ‘भ्यालेन्टाइन’ अफर ५ हजार ९९९ मा ‘हेलिराइड’, शून्य प्रतिशत व्याजदरमा किस्ताबन्दी

काठमाडौं । नेपाली इकमर्स मोबाइल एप रिचार्जरले ‘भ्यालेन्टाइन्स डे’ को अवसर पारेर पोखरा हेलिराइड अफर सञ्चालनमा ल्याएको छ ।

रिचार्जरबाट पोखरा साइट सीन बुकिङ् गर्नेले ५ हजार ९९९ रुपैयाँमा पोखरासम्मको हेलिराइड अफर ल्याएको हो । अफरमा सहभागी हुनका लागि शुक्रबारदेखि रिचार्जरको मोबाइल एपमा बुकिङ खुल्ला गरिएको छ ।

यसका साथै रिचार्जरले एपका नयाँ प्रयोगकर्तालाई २ हजार क्यासप्वाइन्ट उपलब्ध गराउने भएको छ । यसका लागि गूगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी खाता खोल्नु पर्ने हुन्छ । यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जरबाट वस्तु तथा सेवा खरिद गर्दा छुटका रुपमा रिडिम गर्न सकिन्छ ।

साथै भ्यालेन्टान्स डेको अवसरमा रिचार्जरबाट गिफ्टहाम्पर प्याकेज, केक, रोज, पर्फ्युम, मोबाइल, ल्यापटपलगायतका ग्याजेट्स खरिद गर्दा आकर्षक छुट समेत प्रदान गरिने रिचार्जरले जनाएको छ ।

कमजोर आर्थिक अवस्था भएकाहरुले रिचार्जरबाट शून्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा सामानहरु खरिद गर्न सक्छन् । किस्ताबन्दीमा सामान खरिद गर्नेहरुले पनि भ्यालेन्टाइन अफरका छुटहरु पाउने छन् ।

सबै अफरहरु भ्यालेन्टान्स डेको दिनसम्म मात्र लागू हुनेछ । विभिन्न किसिमका सेवाको बिल समेत भुक्तानी गर्न सकिने रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ । भने अन्य सेवाहरुको महसुल भुक्तानीमा पनि २० प्रतिशतसम्म क्यास प्वाइन्ट पाइन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर