श्रृंखला भन्छिन्- निर्मला हत्यामा जस्तो भागीरथी प्रकरणमा मिडिया ट्रायल नहोस् (भिडियो) – Nepal Press

श्रृंखला भन्छिन्- निर्मला हत्यामा जस्तो भागीरथी प्रकरणमा मिडिया ट्रायल नहोस् (भिडियो)

काठमाडौं । सामाजिक न्यायको अभियानमा सक्रिय रहेकी पूर्व मिस नेपाल श्रृंखला खतिवडाले निर्मला हत्याकाण्डमा जस्तो मिडिया र पब्लिक ट्रायल भागीरथी हत्याकाण्डमा हुन नदिन सबै सचेत बन्नुपर्ने बताएकी छन् ।

बलात्कार र महिला हिंसाविरुद्ध शुक्रबार काठमाडौंमा आयोजित महिला मार्चमा सहभागी भएकी खतिवडाले प्रहरी अनुसन्धान र न्यायिक प्रक्रियालाई कतैबाट पनि दबाब दिन नहुने बताएकी हुन् ।

खतिवडाले भनिन्- न्यायिक अनुसन्धानको प्रक्रियामा सबैले विश्वास गर्नुपर्छ र स्वतन्त्र छाड्नुपर्छ । निर्मला प्रकरणमा काठमाडौंदेखि मान्छे गएर भिडभाड गर्ने र अनुसन्धानलाई नै प्रभावित पार्ने काम भयो । मिडिया ट्रायलले यस्ता घटनामा पब्लिक सेन्टिमेन्ट तान्ने र अनुसन्धानमा असहयोग गर्छ । यस्तो यसपटक नहोस ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *