पशुपतिनाथप्रति अनास्था फैलाएको भन्दै रघुजी पन्तलाई बहिष्कार गर्न आव्हान – Nepal Press

पशुपतिनाथप्रति अनास्था फैलाएको भन्दै रघुजी पन्तलाई बहिष्कार गर्न आव्हान

काठमाडौं । विश्व हिन्दू युवा संघले प्रचण्ड-माधव पक्षद्वारा बुधबार आयोजित आमसभामा नेता रघुजी पन्तले भगवान पशुपतिनाथको विषयमा गरेको टिप्पणीमाथि आपत्ति जनाएको छ । उक्त टिप्पणीले पशुपतिनाथप्रति अनास्था फैलाउने भन्दै उनीमाथि कारवाहीको माग संघले गरेको छ ।

संघद्वारा आज जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘यो अभिव्यक्तिले निज रघुजी पन्त विदेशी विधर्मीको गोटी भएको पुष्टि गर्छ । यस्ता सबैखाले अनुहारको पहिचान गरी यिनीहरुलाई बहिष्कार र कारबाही गर्नुपर्छ ।’

केही समयदेखि नेपालको राष्ट्रिय एकतामाथि खलल पुर्‍याएर नेपाललाई कमजोर बनाउने षडयन्त्र भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

‘ती षडयन्त्रकारीहरुले नेपालका विभिन्न क्षेत्रमा प्रलोभनमा पारेर उनीहरुमार्फत नै हाम्रो धर्म, सस्कृति र सभ्यतालाई नष्ट गर्ने प्रयास गर्दै आइरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

रघुजी पन्तलाई नेपाल जनताले राजनीतिक बहिष्कार गर्नुपर्ने संघले आह्वान  गरेको छ ।

पन्तले हिजो आफ्नो भाषणमा पशुपतिनाथले पूर्व राजा वीरेन्द्रको वंशनाश हुनबाट जोगाउन नसकेको टिप्पणी गरेका थिए ।

उनले भनेका थिए, ‘वीरेन्द्रले सँधै पशुपतिनाथले कल्याण गरुन् भन्थे, उनको वंश नाश भयो । ज्ञानेन्द्रले पनि त्यसै भन्थे, उनी नागार्जुनबाट लखेटिए । अब केपी ओलीले पशुपतिनाथको पुजा पाठ गर्दै हिँडेका छन्, उनका के हुने हो ।’

हिजो उनले बोलेको भिडियो हेर्नुस् :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर