कोको गौफ अस्ट्रेलियन ओपनको दोस्रो चरणबाटै बाहिरिइन्, स्भिटोलिना तेस्रो चरणमा – Nepal Press

कोको गौफ अस्ट्रेलियन ओपनको दोस्रो चरणबाटै बाहिरिइन्, स्भिटोलिना तेस्रो चरणमा

काठमाडौं । अमेरिकी युवा खेलाडी कोको गौफ अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणबाटै बाहिरिएकी छन् । गत वर्ष चौथो चरणसम्म पुगेकी गौफ बिहीबार पाँचौँ बरियताकी एलिना स्भिटोलिनासँग ६-४, ६-३ को सोझो सेटमा पराजित हुँदै सिजनको पहिलो ग्रान्डस्लामबाट बाहिरिएकी हुन् ।

पहिलो चरणमा स्विस खेलाडी जिल टेइचम्यानलाई ६-३, ६-२ को नतिजामा पराजित गर्दै दोस्रो चरणमा आइपुगेकी १६ वर्षीया गौफ विश्व बरियताको ४८औं स्थानमा छिन् ।

गौफलाई पराजित गरेर तेस्रो चरणमा प्रवेश गरेकी स्भिटोलिनाले पहिलो चरणमा चेक रिपब्लिककी म्यारी बोज्कोभालाई ६-३, ७-६ (५-७) को सोझो सेटमा पराजित गरेकी थिइन् । स्भिटोलिनाले चौथो चरण प्रवेशका लागि २६औं बरियताकी युलिया पुटिन्टसेभासँग प्रतिस्पर्धा गर्नेछिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर