वालिङको जितमा रुथको पाँच गोल – Nepal Press

वालिङको जितमा रुथको पाँच गोल

काठमाडौं । मेथो एल्युडी रुथको पाँच गोल प्रेरित वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिगमा चौदण्डिगढी नगरपालिकालाई ७–१ गोलले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङलाई सहज जित दिलाउन रुथसँगै टोउटा ओर्नेलाले थप दुई गोल गरिन् । चौदण्डिगढीमाथि हाबी बनेको वालिङका लागि रुथले २५औं मिनेटमा पहिलो गोल गरेकी थिइन् ।

तर, त्यसको सात मिनेट नबित्दै चौदण्डिगढीकी मिडफिल्डर अन्जना थुलुङले बराबरी गोल फर्काएकी थिइन् । त्यसको एक मिनेट नबित्दै ३३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी रुथले पहिलो हाफको खेल सकिन एक मिनेट बाँकी रहँदा ह्याट्रिक पूरा गरेकी थिइन् ।

दोस्रो हाफमा झनै आक्रामक बनेको वालिङका लागि रुथले ४८औं र ५५औं मिनेटमा थप दुई गोल गरिन् । टोटा ओर्नेलाले ७१औं र ७१औं मिनेटमा दुई गोल गर्दै वालिङको सहज जित निश्चित गरिन् । जितसँगै १४ अंक जोडेको वालिङ लिग तालिकाको तेस्रो स्थानमा छ । पराजित चौदण्डिगढी हालसम्म अंकविहीन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *