झाँक्रीको निवासबाहिर कार्यकर्ताको नारावाजी, झाँक्री भन्छिन्-पक्राउ पुर्जी चाहिन्छ – Nepal Press

झाँक्रीको निवासबाहिर कार्यकर्ताको नारावाजी, झाँक्री भन्छिन्-पक्राउ पुर्जी चाहिन्छ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रहरीले पक्राउ पुर्जी दिएमात्रै गिरफ्तारी दिने बताएकी छन् । उनको निवासबाहिर प्रहरी पुगेपछि कार्यकर्ताले नारावाजी गर्न थालेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिका विषयमा प्रहरीबाट आफूलाई फोन गरेर सोधपुछ गरिएको झाँक्रीले जानकारी दिइन् । तर, पक्राउ पुर्जी अहिलेसम्म नपाएको उनले पत्रकारसँग बताइन् ।

‘मलाई फोन आएको थियो, मैले पक्राउ पुर्जी चाहिन्छ भनेकी छु’ उनले भनिन्, ‘राज्यले नागरिकलाई प्रक्रिया पुर्‍याएर पक्राउ गर्न पाउँछ । पुर्जी दियो भने जानैपर्छ ।’

उनले नन इस्यूलाई इस्यू बनाउन खोजिएको बताइन् ।

प्रहरी पुगेपछि जम्मा भएका कार्यकर्ताले अहिले रामकुमारी झाँक्री हाईहाई भन्दै नारावाजी गरिरहेका छन् ।

तस्बिरहरू : राजेश राईको फेसबुकबाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर