ऋषि धमला भन्छन्ः भीड मतिर झुम्मिएपछि नारायणकाजी रिसाउनुभो – Nepal Press

ऋषि धमला भन्छन्ः भीड मतिर झुम्मिएपछि नारायणकाजी रिसाउनुभो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले आयोजना गरेको आमसभाले सेलिब्रिटी छविका पत्रकार ऋषि धमलालाई चर्चामा ल्याइदिएको छ । आमसभामा बोल्ने क्रममा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले ऋषिको नामै लिएर थर्काएका थिए ।

नारायणकाजीले भाषण गर्दागर्दै रोकिएर आक्रोशित मुद्रामा भनेका थिए, ‘ऋषि धमलाजी । ऋषि धमलाजी, तपाईं त्यहाँ अर्को कार्यक्रम नगर्नुस् । चुप लाग्नुस् । तपाईं चुप लाग्नुस् ।’

धमलालाई हामीले सोध्यौं, आमसभाका बीचमा आखिर तपाईंले के ‘कार्यक्रम’ गर्दै हुनुहुन्थ्यो, जसले नारायणकाजीलाई आक्रोशित बनायो ?

उनले उत्साहित हुँदै सुनाए, ‘खासमा यस्तो भयो । म जानासाथ भीडमा मानिसहरु ‘जनता जान्न चाहन्छन्’ भन्दै चिच्याउन थाले । सबैजना मतिरै झुम्मिए । कोही सेल्फी लिन थाले । भीडले यसरी मेरो हाइहाइ गरेपछि उहाँहरुको भाषण फिक्का भयो, त्यसैले रिसाउनुभएको होला ।’

धमलाले यसलाई ठूलो रुपमा नलिएको बताए ।

‘ठूलो नेताले मञ्चबाट मलाई थर्काउँदा मलाई केही चित्तदुखाइ छैन । मलाई पम्फा भुषाललगायत धेरै नेताहरुले फोन गरेर सरी भनिरहनुभएको छ,’ धमलाले भने । नारायणकाजीको भाषणपछि धेरैबेर कार्यक्रममा बसेनन् उनी ।

‘मलाई प्रेम राईको अन्तरवार्ता लिन जानुपर्ने थियो, त्यसैले हिंडिहालेँ । रिसाएर हिंडेको होइन,’ धमलाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर