मानव वेचबिखन मुद्दाका फरार अभियुक्त ११ वर्षपछि पक्राउ – Nepal Press

मानव वेचबिखन मुद्दाका फरार अभियुक्त ११ वर्षपछि पक्राउ

काठमाडाै‌ । मानव वेचबिखन मुद्दाका फरार अभियुक्त मोरङका ४२ वर्षका भुपालमान श्रेष्ठ ११ वर्षपछि पक्राउ परेका छन् । काठमाडौं बबरमहलका ४९ वर्षका एक जना जाहेरीवाला व्यक्तिलाई दुबई पठाइदिन्छु भनेर २०६६ सालमा भारत पुर्याउने श्रेष्ठलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोकाे टोलीले मंगलबार पक्राउ गरेको हो ।

मंगलबार काठमाडौंको सामखुशी क्षेत्रबाट पक्राउ गरिएका श्रेष्ठलाई ब्यूरोले काठमाण्डौ जिल्ला अदालतबाट म्याद थप गराएर थप अनुसन्धान जारी रहेको जनाएको छ ।मासिक ५० हजार तलब भएको होटेलमा वेटरको काममा पठाइदिन्छु भनेर प्रलोभनमा पारी श्रेष्ठले जाहेरी दिनेलाई नक्कली राहदानी तथा वेटरको काम गरेको प्रमाणपत्र समेत बनाएर १ लाख ५० हजार रुपैयाँ पनि असुलेका पुष्टि भएको छ ।

श्रेष्ठले जाहेरवालालाई ११ महिना वेटरको तालिम लिनका लागि भन्दै भारतमा पुर्याएका थिए । श्रेष्ठले २०६६ असोज ८ गते जाहेरवालालालाई तुलाराम खड्काको जिम्मा लगाएर भैरहवा हुदै गोरखपुरबाट भारतको नयाँदिल्ली पुर्याएका थिए । फरार रहेका खड्काले भारतीय र अरबीयन मानिसको जिम्मा लगाएर २ दिनसम्म बसी हैदर भन्ने भारतीय नागरिकसंग ३ लाख ५० हजार र नगद लिई नेपाल फर्किएका थिए ।

जाहेरवालालाई भारतीय र अरबीले वेटरको तालिम दिने भन्दै ४५ दिनसम्म बन्धक बनाएर चरम शोषणमा गरिरहेको अवस्थामा एक जना दार्जिलिङ बस्ने ब्यक्तिको सहयोगमा जाहेरवाला व्यक्ति भाग्न सफल भई नेपाल फर्किएका थिए । नेपाल फर्किएलगत्तै उनले दिएको जाहेरीको आधारमा ब्यूरोले अनुसन्धान गर्दै जादाँ घटनाका पिडित र पिडक रमेश खड्का भन्ने तुलाराम खड्का छुट्टा–छुट्टै अपराधमा केन्द्रीय कारागारमा वन्दी जिवन विताई रहेको पनि खुलेको छ ।

वन्दी पिडकको सुचना समेतलाई आधार बनाएर गरिएको अनुसन्धानबाट फरार रहेका मध्ये श्रेष्ठ पक्राउ परेका हुन् । श्रेष्ठ पक्राउ पारेपछि ब्यूरोले अन्य फरार व्यक्तिको खोजी कार्य जारी राखेको ब्यूरोका प्रमुख, प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) दुर्गा सिंहले नेपाल प्रेसलाई जानकारी दिइन ।

अब उनलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान कारवाही हुने उनले बताइन । पक्राउ परेका श्रेष्ठको स्थायी ठेगाना मोरङको साबिकको बिराटनगर उपमहानगरपालिका ७ स्थायी रहेपनि अहिले काठमाडौं जिल्ल्ला, काठमाडौं महानगरपालिका २९ सामाखुसी बस्दै आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर