नेपाल प्रहरीका २३ एसपीको सरुवा तथा पदस्थापन (सूचिसहित) – Nepal Press

नेपाल प्रहरीका २३ एसपीको सरुवा तथा पदस्थापन (सूचिसहित)

काठमाडौं । नेपाल प्रहरीका २३ प्रहरी उपरिक्षक (एसपी) को सरुवा तथा पदस्थापन भएको छ । नेपाल प्रहरी मातहतका विभिन्न निकायमा कार्यरत ७ एसपीको सरुवा र भर्खरै डिएसपीबाट एसपीमा बढुवा भएका १६ एसपीको विभिन्न निकायमा पदस्थापन भएको हो ।

अधिकांश प्रहरी प्रधान कार्यालय र काठमाडौं उपत्यकामा कार्यरतको सरुवा हुँदा एक जना मात्र  जिल्ला प्रहरी प्रमुखको सरुवा भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत एसपी नान्तीराज गुरुङको अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालय, काठमाडौंमा सरुवा भएको छ भने उनको ठाउँमा जुनीयर प्रहरी अधिकृत शिक्षालय भरतपुर, चितवनमा कार्यरत ओम अधिकारीलाई ल्याइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर