प्रियंकाको आत्मकथा ‘अनफिनिस्ड’ रिलिज, समीक्षा गर्दै अमेजनले लेख्यो– एउटा विद्रोही बायोग्राफी ! – Nepal Press

प्रियंकाको आत्मकथा ‘अनफिनिस्ड’ रिलिज, समीक्षा गर्दै अमेजनले लेख्यो– एउटा विद्रोही बायोग्राफी !

अभिनेत्री प्रियंका चोपडाको आत्मकथा ‘अनफिनिस्ड’ मंगलबार प्रकाशन भएको छ । अमेजनले पुस्तकलाई दार्शनिक कुराले प्रेरित भएको र पढ्नयोग्य भन्दै समिक्षा गरेको छ ।

‘सार्वजनिक व्यक्ति प्रियंका चोपडाको जीवनबारेको उल्लेखनीय र प्रेरणादायी कथा । उनले आफ्ना चुनौति र विजयलाई इमान्दारिताका साथ उल्लेख गरेकी छिन्’ अमेजन लेख्छ, ‘प्रियंकाजस्तै पुस्तक आफैमा बोल्ड, अनुकरणीय, विद्रोही र दार्शनिक कुराले प्रेरित छ ।’

बलिउडमा स्थापित भएपछि हलिउडको आफ्नो करियर र विश्व सुन्दरी प्रतियोगितामा आफ्नो विजयबारे प्रियंकाले पुस्तकमा वर्णन गरेकी छिन् । प्रियंकाले आफ्ना दिवंगत पिताप्रति पुस्तक समर्पण गदै उनकै प्रेरणाले आफू अघि बढेको उल्लेख गरेकी छिन् ।

पुस्तक प्रकाशनलाई लिएर आफू भावुक र उत्साहित भएको समेत प्रियंकाले उल्लेख गरेकी छिन् । समिक्षाको अन्त्यमा अमेजनले प्रियंकाको पुस्तकले आउने पुस्तालाई मार्गनिर्देशन गर्ने समेत लेखेको छ ।

२४० पृष्ठ लामो प्रियंकाको उक्त पुस्तकलाई पेन्गुइन भाइकिङले प्रकाशन गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *