हराएको मोटरसाइकल सवारीधनीलाई हस्तान्तरण – Nepal Press

हराएको मोटरसाइकल सवारीधनीलाई हस्तान्तरण

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २५ वटा मोटरसाईकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

मंगलबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक कार्यक्रमको आयोजना गरी भेटिएका मोटरसाईकलहरु सम्बन्धित सवारी धनीहरुलाई हस्तान्तरण गरेको हो ।

उपत्यकाका विभिन्न स्थानहरुबाट हराएका मोटरसाईकलहरु बालाजु, टोखा, सातदोबाटो, माछापोखरी, मुलपानी, तिनकुने, बलम्बु, दरबारमार्ग, बौद्ध, कालिमाटी, महाराजगंज, कलंकी लगायतका स्थानबाट फेला पारी सम्बन्धित धनीहरुलाई हस्तान्तरण गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख जनक भट्टराईले जानकारी दिए ।

प्रमुख भट्टराईले मोटरसाईकल हराउने अवस्था रोकी सवारीधनीलाई मानसिक र आर्थिक क्षतिबाट कसरी बचाउन सकिन्छ भन्नेबारे आफुले उपाय खोजिरहेको बताए ।

सवारीधनी स्वयम्ले सवारी हराउनु हुन्न भन्नेमा चिन्तित भएर अतिरिक्त सुरक्षाको व्यवस्था गरे हराउने क्रम घट्न सक्ने उनले बताए ।

ट्राफिक प्रहरीले सादा पोसाकका प्रहरी परिचालन गरेर हराएको मोटरसाईकल र स्कुटर खोज्ने कामलाई तिव्रता दिएको प्रमुख भट्टराईले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर