स्वारेजले २ गोल गरे, एट्लेटिको मड्रिड बराबरीमा रोकियो – Nepal Press

स्वारेजले २ गोल गरे, एट्लेटिको मड्रिड बराबरीमा रोकियो

एजेन्सी । लुइस स्वारेजले २ गोल गरे पनि स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडका लागि सेल्टा भिगोमाथि जित निकाल्न पर्याप्त भएन । गएराति भएको खेल २–२ को बराबरीमा सकिएको छ ।

खेल सुरु भएलगत्तै स्यान्टी मिनाको गोलमार्फत पाहुना टोली सेल्टाले अग्रता बनाए पनि स्वारेजले पहिलो हाफमो अन्तिम मिनेटमा बराबरी गोल फर्काएका थिए ।

उरुग्वेका सुपरस्टारले दोस्रो हाफ सुरु भएलगत्तै गोल गरे । उनले रेनान लोडीको क्रसलाई सदुपयोग गरेका थिए । एट्लेटिकोले सिजनमा १७ औं लिग जित हासिल गर्ने समय नजिकिँदै थियो । तर अन्तिम मिनेटमा फाकुण्डो फेरेराले बराबरी गोल फर्काएपछि अंक बाँड्न बाध्य भयो ।

एट्लेटिकोका लागि यो बराबरी भनेको उसले लिगमा अहिलेसम्म एउटा खेलमात्र हारेको छ । दोस्रो स्थानको बार्सिलोनाभन्दा स्पष्ट ८ अंकको अगाडि छ भने एट्लेटिकोले बार्सिलोना भन्दा एक खेल कम खेलेको छ ।

स्वारेज गत सिजन फ्री टा्रन्सफरमार्फत एट्लेटिको पुगेका हुन् । १६ गोलसहित उनी ला लिगमा सर्बाधिक गोलकर्ता छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर