नेपाल बैंकका अध्यक्षको राजीनामा स्वीकृत – Nepal Press

नेपाल बैंकका अध्यक्षको राजीनामा स्वीकृत

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल बैंकको प्रस्तावित लाभांस घटाइदिएपछि नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष बासुदेव अधिकारीले आइतबार दिएको राजीनामा स्वीकृत भएको छ ।

यस विषयमा अर्थमन्त्रालयले अध्यक्ष अधिकारीलाइ मंगलबार जानकारी दिने बताएको छ । अर्थ मन्त्रालयले बैंकले प्रस्तावित गरेको लाभांस घटाएपछि राजीनामा दिन बाध्य भएको बैंकका अध्यक्ष अधिकारीको भनाइ छ ।

बैंकले सञ्चालक समितिको प्रस्तावअनुसार साधारणसभाबाट कूल १६ प्रतिशत लाभांस ( १२ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभासं) पारित गरेको थियो ।

तर, अर्थ मन्त्रालयले पूर्वसहमतिविपरीत लाभांस प्रस्तावित गरेको भन्दै ७ प्रतिशतमा घटाएको थियो । अर्थ मन्त्रालयले यसअघि तीनवटै सरकारी बैंकलाई गत आर्थिक वर्षको नाफाबाट वितरणयोग्य लाभांसमात्रै बाँढ्न निर्देशन दिएको थियो ।

नेपाल बैंकले गत आर्थिक वर्षमा २ अर्ब ५५ करोड रुपैयाँ खुद मुनफा गरेको


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर