१० लाख बढीकाे गैरकानूनी औषधीसहित फार्मेसी संचालक पक्राउ – Nepal Press

१० लाख बढीकाे गैरकानूनी औषधीसहित फार्मेसी संचालक पक्राउ

विराटनगर । नेपालमा प्रतिबन्धित औषधी विक्री वितरणमा संलग्न भएको आरोपमा विराटनगरका एक जना फार्मेसी संचालक पक्राउ परेका छन् ।

प्रतिबन्धित औषधी बिक्री वितरण गर्नुको साथै भण्डार गरिएको अवस्थामा विराटनगर १० स्थित न्यूरो अस्पताल अगाडी ‘हाम्रो फ्रेन्डसिप फार्मेशीका’ का संचालक बिक्रम मण्डल पक्राउ परेका हुन् ।

मोरङ प्रहरीले मण्डलको फार्मेसीमा छापा हानेर ७९ प्रकारका प्रतिबन्धित औषधी बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता लोकर्दशन थापाले जानकारी दिए ।

बिक्रमले दाजु विकास मण्डलसँग मिलेर भारतदेखि अवैध रुपमा प्रतिबन्धित औषधी डेरामा भण्डारण गरि विक्री वितरण गर्ने गरेको प्रहरीले जनाएको छ । भाइ पक्राउ परेपछि दाजु मण्डल फारर छन् ।

प्रहरीले उनको डेराबाट ७९ वटा विभिन्न कम्पनीका १० लाख ३ हजार १ सय ८० औषधीसमेत बरामत गरेको छ । त्यसैगरी औषधीमा टाँस्न प्रयोग गरिने स्टीकर बनाउने एचपी कम्पनीकोे कलर प्रिन्टर समेत फेला पारेको छ ।

धरौटीमा रिहा भए लगतै अवैध धन्दामा

विकास यसअघि पनि म्याद गुज्रिएका औषधी बिक्री वितरण गरेको आरोपमा पक्राउ परेका थिए । मोरङ अदालतले गत असार २२ गते तोकेको तीन लाख रुपैयाँ धरौटि रकम बुझाएर विकास मण्डल रिहा भएका थिए ।

धरौटिमा रिहा भएपछि पुनः विकास अवैध धन्दामा लागेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धान खुलेको छ ।

‘कोठा भाडामा लिएर औषधी व्यवस्था विभागमा दर्ता नभएको औषधी विक्री वितरण हुने गरेको सूचना पाएपछि प्रहरीले छापा हानेको थियो,’डिएसपी थापाले भने,‘मण्डलको कोठादेखि विभिन्न ब्राण्डका प्रतिबन्धित औषधीहरू बरामद भएको छ ।’यो सगै उनले आफनो अवैध धन्दालाई निरन्तरता दिइएको देखिन्छ ।’

पक्राउ परेका मण्डललाई थप आवश्यक कारवाहीको लागि औषधी व्यवस्था विभाग विराटनगरमा बुझाइएको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर