सत्य निरुपण तथा मेलमिलाप अध्यादेश जारी, आयोगको म्याद ६ महिना थप – Nepal Press

सत्य निरुपण तथा मेलमिलाप अध्यादेश जारी, आयोगको म्याद ६ महिना थप

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी छन्।

मन्त्रिपरिषद्‍को सिफारिसमा राष्ट्रपतिले शुक्रबार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

दुवै आयोगको म्याद आइतबारबाट सकिँदै थियो । आयोगको म्याद ६ महिना थप गर्ने गरी सरकारले सिफारिस गरे बमोजिम राष्ट्रपतिले अध्यादेश जारी गरेकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *