अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी कक्षको खाँचो : अध्यक्ष गोल्छा – Nepal Press

अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी कक्षको खाँचो : अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अन्तराष्ट्रियस्तरको प्रदर्शनी कक्षको खाँचो रहेको बताएका छन् ।

व्यापार मेला समिति विस्तार कार्यक्रमलाई संवोधन गर्दै उनले मुलुकको आर्थिक क्षमता देखाउने माध्यम नै मेला महोत्सव भएकोले अन्तराष्ट्रिययस्तरको प्रदर्शनी कक्षको खाँचो रहेका बताएका हुन ।

‘अहिले पनि दशकौं पुरानो प्रदर्शनीस्थलमा मेला महोत्सव आयोजना गर्न बाध्य भएकाले मुलुकभित्र विश्वस्तरको प्रदर्शनी कक्षको खाँचो रहेको छ,’ अध्यक्ष गोल्छाले भने ।

साथै उनले सरकार निजी क्षेत्रको साझेदारीमा यस्ता संरचना निर्माणका लागि पहल गर्न समितिलाई सुझाव दिए । महासंघले आयोजना गर्ने मेला महोत्सवलाई कसरी अझबढी स्तरीय र अन्तराष्ट्रियस्तरमा आयोजना गर्न सकिन्छ त्यसमा पनि समितिलाई क्रियाशिल हुन पनि अध्यक्ष गोल्छाको सुझाव थियो ।

महासंघको कार्यकारिणी समिति सदस्य नरेन्द्र कुमार खड्काको सभापतित्वमा गठित व्यापार मेला समिति विस्तार भएको हो ।

समितिका सह सभापतिहरूमा नेपाल हस्तकला महासंघका निवर्तमान अध्यक्ष धर्मराज शाक्य, नेपाल फ्रेट फर्वाडर्स एसोसिएसनका उपाध्यक्ष राजेन्द्र संग्रौला, भक्तपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद अवाल र नेपाल हाते कागज संघका अध्यक्ष किरण डंगोल छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य नरेन्द्र कुमार खड्काकोे सभापतित्वमा गठित व्यापार मेला समिति विस्तार भएको छ ।

समितिका सह–सभापतिहरूमा नेपाल हस्तकला महासंघका निवर्तमान अध्यक्ष धर्मराज शाक्य, नेपाल फ्रेट फर्वाडर्स एसोसिएसनका उपाध्यक्ष राजेन्द्र संग्रौला, भक्तपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद अवाल र नेपाल हाते कागज संघका अध्यक्ष किरण डंगोल रहेका छन् ।

समितिका सदस्यहरूमा मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिमिल्सीना, धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मन्जु कुमार कोजु, ललितपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विश्व बज्राचार्य र नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंका महासचिव रमा नाथ श्रेष्ठ रहेका छन् ।
महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले समितिको सफलताको कामना गर्दै मेला महोत्सव उत्पादनको बजारीकरण र उद्यमशीलता विस्तारको प्रभावकारी माध्यम भएकाले स्तरिय मेला महोत्सव आयोजनाका लागि महासंघका सदस्य संघ संस्थाहरूलाई समेत दक्ष बनाउने कार्यमा समितिको सहयोग आवश्यक हुने जाकारी दिए ।

मेला समितिका सभापति खड्काको अध्यक्षतामा बसेको पहिलो बैठकले मेला महोत्सव आयोजान गर्ने सम्बन्धमा फुकुवा गर्न नेपाल सरकारमा पहल गर्ने, नवौ अन्तराष्ट्रिय मेला आयोजनाका लागि पहल गर्ने लगायतका निर्णयहरु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर