ओलीनिकट नेकपा इन्जिनियरिङ एसोसियसनको केन्द्रीय कमिटी विस्तार – Nepal Press

ओलीनिकट नेकपा इन्जिनियरिङ एसोसियसनको केन्द्रीय कमिटी विस्तार

काठमाडौं । केपी ओली नेतृत्वको नेकपानिकट इन्जिनियरहरूको भेलाले प्रोग्रेसिभ इन्जिनियरिङ एसोसियसन नेपाल (पिन) को केन्द्रीय कमिटी विस्तार गरेको छ ।

अध्यक्षको विशेषाधिकारलाई प्रयोग गरी ४०१ सदस्यीय केन्द्रीय कमिटी विस्तार गरिएको सचिव सन्जिव रोकाहाले बताए । भेलाले ४५ सदस्यीय सचिवालय र १७ सदस्यीय केन्द्रीय कार्यालय गठन गरेको छ ।

पार्टी विभाजनपछि अध्यक्ष शम्भुवहादुर श्रेष्ठ सहित बहुसंख्यक नेतृत्व ओली पक्षमै रहेको रोकाहाले बताए ।

भेलाले उपाध्यक्षमा डा. सुरज लामिछाने, महासचिव हरिराम पराजुली र सचिवमा सन्जिव रोकाहालाई चयन गरेको छ ।

त्यस्तै केन्द्रीय कार्यालयमा कोषाध्यक्ष शिवमंगल गिरीसहित केपी सापकोटा, एस पराजुली, बि भट्टराई, गजेन्द्र थपलिवया, भेषराज थापा, अन्जना भट्ट, डा. सुमित्रा अमात्य, खिमानन्द कंडेल, एस आर केसी, नारायण अर्याल, अर्जुन पौडेल र टेकराज सुवेदी चयन भएका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर