दीपक मनाङे पनि फिल्म ‘२ नम्बरी’का निर्माता, चैत १५ गतेदेखि बाँकी छायांकन सुरु हुने – Nepal Press

दीपक मनाङे पनि फिल्म ‘२ नम्बरी’का निर्माता, चैत १५ गतेदेखि बाँकी छायांकन सुरु हुने

काठमाडौं । गण्डकी प्रदेश सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेले फिल्म ‘२ नम्बरी’ निर्माण गर्ने भएका छन् । फिल्मका प्रस्तुतकर्ता एवं अर्का निर्माता किरण नेपालीले गुरुङ निर्माताको रुपमा यस फिल्ममा संलग्न हुने जानकारी दिए ।

लकडाउनका कारण यो फिल्मको छायांकन बीचमै रोकिएको थियो । बाँकी छायांकनलाई चाँडै सुचारु गर्ने जानकारी निर्माता विकले दिए । दीपेन्द्र लामाले निर्देशन गरिरहेको फिल्ममा दयाहाङ राई, उगेन छोदेन, पल शाह र वर्षा राउतको अभिनय छ ।

चैत १५ गते घान्द्रुकबाट बाँकी फिल्म छायांकन निरन्तर हुने जनाइएको छ । कोरोना महामारीले गर्दा यसवर्षको जनैपूर्णिमामा हुने भनिएको पूर्वनिर्धारित रिलिज डेट स्थगित भएको छ । भुटानी नायिका छोदेन फिल्मको लागि काठमाडौं आउँदैछिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर