रुथको दुई गोलमा वालिङको सहज जित


काठमाडौं । मेथो एल्युडी रुथको दुई गोलप्रेरित वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिगका चन्द्रपुर नगरपालिकालाई ३–० को नजितामा पराजित गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङका लागि कियोमेग्नो जोमो भेनेसा नोएलले एक गोल गरिन् ।
नोएलले ३७औं मिनेटमा गोल गर्दै वालिङका लागि गोलको खाता खेलेकी थिइन् । रुथले ४५औं मिनेटमा गरेको गोलसँगै वालिङले पहिलो हाफमा २–० को अग्रता लिएको थियो ।
चन्द्रपुरको रक्षापंक्तिमाथि हाबी बनेको वालिङका लागि रुथले ५३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै ३–० को जित निश्चित गरिन् ।
जितसँगै वालिङ अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ भने चन्द्रपुर छैठौं स्थानमा छ ।