अरुण तेश्रो परियोजनाको ४० प्रतिशत निर्माणको काम पूरा – Nepal Press

अरुण तेश्रो परियोजनाको ४० प्रतिशत निर्माणको काम पूरा

विराटनगर । संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजनामा अन्तर्गत अरुण नदीमा ड्याम निर्माणका लागि पानी डाइभर्सन गरिएको छ ।

सतलज कम्पनीका चियरमेन नन्दलाल शर्माले पानी फर्काउने कार्यको उद्घाटन गरेका छन् ।
कुल ४ सय २९ मिटर लामो सुरुङमा पानी फर्काइएको सतलज कम्पनीका कार्यकारी अधिकृत अरुण धिमानले जानकारी दिए।भोलिबाट नदीमा ड्याम निर्माणको काम शुरु हुने उनले बताए ।

‘अरुण नदीको मुख्यबहाव क्षेत्रमा परियोजनाको लागि ड्याम निर्माण आवश्य पर्छ’कार्यकारी अधिकृत धिमानले भने,‘सोमबार नदीको पानी सुरुङमा फर्काउने काम सकिएको छ।’अब नदीको मुख्यबहावक्षेत्रमा ड्याम निर्माणको काम अघि बढनेछ ।’

उनले अरुण तेश्रोको परियोजनाको अहिलेसम्म ४० प्रतिशत काम पुरा भएकोपनि बताए ।आयोजना विकास सम्झौता पीडीए अनुसार सन् २०२२ सेप्टेम्बर भित्रै काम सम्पन्न हुनेछ । परियोजना निर्माणका लागि नेपाल सरकारको समेत सकारात्मक सहयोग रहेको आयोजनाले जनाएको छ ।

यन्त्र राख्न १६ हजार सात सय घनमिटर र ट्रान्सफर्मर राख्न ४७ हजार चार सय घनमिटर सुरुङ खनिएको छ । पाइलट होल ९० मिटर खनिएको छ ।

बाँधस्थल मकालु गाउँपालिका–५ फ्याक्सिन्दा र विद्युत–गृहस्थल चिचिला गाउँपालिका–२ पुखुवामा निर्माणको काम चौबीसै घन्टा तीव्र गतिमा चलिरहेको परियोजनाले जनाएको छ ।

परियोजनामा अहिले भारतीय र नेपालीसहित तीन हजार कामदार छन् ।फ्याक्सिन्दादेखि पुखुवा निस्कने मुख्य सुरुङमार्गको दूरी ११ दशमलव ७४ किमी छ ।

परियोजनाको २०७४ वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गरेका थिए ।

बाँधस्थलमा जयप्रकाश एसोसियट्स निर्माण कम्पनी तथा विद्युत–गृहस्थल क्षेत्रमा पटेल इन्जिनियरिङ कन्सल्टेन्टले ठेक्का लिएर काम गरिरहेका छन् ।

१ खर्ब ४४ अर्ब लागत अनुमान गरिएको परियोजनाबाट नेपाललाई २१।९ प्रतिशत अर्थात् १९७।१ मेगावाट बिजुली निःशुल्क पाइने र विभिन्न शीर्षकमा ३ खर्ब ४८ अर्ब आर्थिक लाभ हुनेछ ।

परियोजनाबाट प्रभावित स्थानीयले १ अर्ब ६० करोडको सेयर पाउनुका साथै प्रतिमहिना ३० युनिट विद्युत् प्राप्त गर्नेछन् । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गरिने पीडीएमा उल्लेख छ ।

तस्बिर सौजन्य अदल किराती


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर