म्यानमारको सैन्य ‘कू’बारे नेपालको प्रतिक्रिया- प्रजातान्त्रिक प्रक्रिया चाँडै पुर्नस्थापित होस् – Nepal Press

म्यानमारको सैन्य ‘कू’बारे नेपालको प्रतिक्रिया- प्रजातान्त्रिक प्रक्रिया चाँडै पुर्नस्थापित होस्

काठमाडौं । म्यानमारमा भएको सैन्य ‘कू’ प्रति नेपालले प्रतिक्रिया जनाएको छ । परराष्ट्र मन्त्रालयले सोमबार अबेर विज्ञप्ति प्रकाशित गर्दै म्यानमारमा बिकसित पछिल्ला घनाक्रमलाई नजिकबाट नियाली रहेको बताएको हो।

विज्ञप्तिमा चाँडै प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया पुर्नस्थापित हुने आसा समेत व्यक्त गरिएको छ। ‘म्यानमारको पछिल्ला घनाक्रमको नेपालले नजिकबाट नियालीरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘म्यानमारका जनताको चाहाना सबै पक्षले सम्मान गर्ने छन् र प्रजातान्त्रिक तथा संवैधानिक प्रक्रिया चाँडै पुर्नस्थापित हुने छ भन्ने हामी आसा गर्छौं ।’

हिरासतमा लिएका नेताहरूको सुरक्षाको समेत चिन्ता व्यक्त गरिएको छ । नियन्त्रणमा लिइएका नेताहरूको शीघ्र रिहाइ गर्न आह्वान गर्दै विज्ञप्तिमा भनिएको छ, ‘हामी नियन्त्रणमा लिइएका नागरिक नेताहरु राष्ट्रपति यू विन मिन्ट र स्टेट काउन्सिलर आङ सान सू की लगायतको को सुरक्षा अवस्थाबारे चिन्तित छौं र शीघ्र रिहाइका लागि आह्वान गर्छौं ।’

संसदीय निर्वाचनमा आफू सर्मथक दलको बहुमत नआएपछि निर्वाचनमा अनियमितता भएको आरोप लगाउँदै त्यहाँको सेनाले सोमबार सैन्य कू गरेको छ।

सेनाले नागरिक नेताहरु राष्ट्रपति यू विन मिन्ट र स्टेट काउन्सिलर आङ सान सू की लगायतलाई नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *