अनलाइन सपिङ ‘मुकुन्डो डट कम’ संचालन – Nepal Press

अनलाइन सपिङ ‘मुकुन्डो डट कम’ संचालन

काठमाडौं । इ–कर्मश अनलाइन सपिङ मुकुन्डो डट कम आज (सोमबार) देखि संचालनमा आएको छ । अमेरिका र नेपालमा रहेर विभिन्न पेशा व्यवसायमा संलग्न नेपाली युवाहरुले मुकुन्डो डट कम अनलाइन सपिङ सुरू गरेका हुन् ।

कम्पनी एमपिएसवाइएस ग्रुपको पहिलो भेन्चर मुकुन्डो नेपाल प्रालीले काठमाडौंमा कार्यक्रम आयोजना गरी सपिङ मुकुन्डो डट कम सार्वजनिक गरेको हो ।

ग्राहकहरुलाई गुणस्तरिय सामान र उच्चस्तरिय ग्राहक सेवा उपलब्ध गराउन नेपाली बजारमा इ कमश मुकुन्डो डट कम थपिएको कम्पनीका बिजनेश एण्ड मार्केटिङ डाइरेक्टर यदु नन्दन भट्टराईले बताए ।

मुकुन्डो डट कममा सामान किन्दा नेपालका सबै बैंक र विदेशका बैंकको पनि मास्टर र भिसा कार्ड प्रयोग गर्न सकिने छ । साथै इ–सेवा, आइएमइ पे, खल्ती, फोन–पे, प्रभु–पे, सेल–पे, कनेक्ट आइपिएसबाट पनि सामानहरु किन्न सकिन्छ ।

चाँडो डेलिभरी, काठमाडौं उपत्यकामा फ्रि डेलिभरी, इजी रिर्टन, क्यास अन डेलिभरी, रिवार्डस एण्ड लोयल्टी पोइन्स जस्ता सुविधाहरू ल्याइएको छ ।एक वर्ष भित्रमा देशभर सामानहरु डेलिभरी गर्ने उद्देश्य यो कम्पनीको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर