सुनको भाउ प्रतितोला ५ सय बढ्यो – Nepal Press

सुनको भाउ प्रतितोला ५ सय बढ्यो

काठमाडौं । सोमबार सुनको भाउ प्रतितोला ५ सय बढेको छ । आइतबार ९२ हजार १ सयमा कारोबार भएको सुन सोमबार ९२ हजार ६ सय रूपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनको मूल्य पनि बढेको छ । आइतबार ९१ हजार ६ सय रूपैयाँमा कारोबार भएको तेजाबी सुन प्रतितोला ५ सय बढेर ९२ हजार १ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने ८० रुपैयाँ बढेर प्रतितोला १ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर