रुखबाट लडेका ओखलढुंगाका शेर्पालाई बचाउन राज्यमन्त्रीले पठाए हेलिकोप्टर – Nepal Press

रुखबाट लडेका ओखलढुंगाका शेर्पालाई बचाउन राज्यमन्त्रीले पठाए हेलिकोप्टर

काठमाडौं । रुखबाट लडेर गम्भीर घाइते भएका ओखलढुंगाको श्रीचौरका तेण्डी शेर्पाको हेलिकोप्टरबाट उद्दार गरिएको छ ।

प्रदेश १ को भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङको व्यक्तिगत सहयोगमा हेलिकोप्टरबाट उनलाई उद्दार गरी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

गम्भीर घाइते शेर्पाको जिल्लामा उपचार सम्भव नभएको र ढिलो गर्दा ज्यान जाने खतरा भएपछि स्थानीयले सोही क्षेत्रबाट निर्वाचित राज्यमन्त्री गुरुङसँग सहयोग मागेका थिए ।

गुरुङले तत्कालै हेलिकोप्टर पठाएर विरामीको उद्दार गराएपछि उनको जीवन जोगिएको स्थानीयले बताएका छन् । राज्यमन्त्री गुरुङले गम्भीर अवस्थाका बिरामी र सुत्केरीको हेलिकोप्टरबाट उद्दार गर्दै आएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *