तेस्रो दिन ४६ हजार भन्दा बढीलाई कोरोना विरुद्वको खोप लगाइयो – Nepal Press

तेस्रो दिन ४६ हजार भन्दा बढीलाई कोरोना विरुद्वको खोप लगाइयो

केहि व्यक्तिमा सामान्य असर देखिए पनि केहि समयपछि आफै हराएको

काठमाडौं । कोभिड–१९ विरुद्वको खोप लगाउने अभियान अन्तरगत तेस्रो दिनसम्ममा ४६ हजार भन्दा बढीलाई खोप लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार ७७ जिल्लाका १ सय ६९ खोप वुथबाट आज साँझसम्म ४६ हजार १ सय ९७ जनालाई खोप लगाइएको हो ।

जसमध्ये सबैभन्दा बढी बाग्मती प्रदेशमा १५ हजार ६ सय ४१ जनालाई खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मन्त्रालयका प्रवक्ता डां. जागेश्वर गौतमले जारी गरेको विज्ञप्ती अनुसार प्रदेश १ मा ७ हजार ३ सय ६९, प्रदेश २ मा ४ हजार ६ सय ५०, गण्डकीमा ७ हजार १ सय ५३, लुम्बिनीमा ६ हजार ६ सय ३५, कर्णालीमा २ हजार ९ सय ६६ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ७ सय ८३ जनालाई खोप लगाइएको छ ।

खोपपछि आइपर्ने घटनाको अनुगमन तथा व्यवस्थापन गर्नका लागि देशभरी नै विज्ञ चिकित्सक परिचालन गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका हरेक अस्पतालमा सम्भाव्य घटनाको व्यवस्थापनका लागि आवश्यक टीम तथा औषधीको व्यवस्थापन पनि गरिएको जनाइएको छ ।

आजसम्म खोप पाएका केहि व्यक्तिमा सामान्य असर देखिए पनि चिकित्सकको प्रतिवेदन अनुसार ती सबै व्यक्तिमा देखिएका असर केहि सयपछि आफै हराएर गएको पनि मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

कसैलाई पनि अहिलेसम्म जटिल स्वास्थ्य समस्या नभएकाले यो अभियान अवधिभर यस प्रणालीलाई सकृयताका साथ पचिालन गरिने भएकाले खोप लगाउने सबै लक्षित व्यक्तिलाई ढुक्क भएर खोप सेवा लिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्तीमार्फत नै आग्रह गरेको छ ।

वृद्धाश्रम र जेलमा रहेका लक्षित समूहका व्यक्तिलाई खोप लगाउनका लागि खोपको उचित तापक्रम सुनिश्चित गरी सम्बन्धित संस्थामै गएर खोप लगाउने व्यवस्था मिलाउन पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै खोप समन्वय तथा अनुगमन समिति र स्वास्थ्य कार्यालाईलाई अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर