रेड पाण्डाको छाला सहित ३ जना पक्राउ – Nepal Press

रेड पाण्डाको छाला सहित ३ जना पक्राउ

बाँके । कोहलपुर नगरपालिका -१२ चप्परगौरीस्थित दैलेखी होटलबाट २ थान रेड पाण्डाको छाला सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुर्खेत भेरीगंगा नगरपालिका १० बस्ने ४० वर्षीय दल बहादुर शाही, जाजरकोट जुनिचाँदी गाउँपालिका ११ बस्ने ४२ वर्षीय धन बहादुर शाही र सल्यान बनगाड कुपिन्डेदह नगरपालिका ४ बस्ने ३३ वर्षीय भरत बहादुर पुन रहेका छन् ।

उक्त होटलमा लोपउन्मुख बन्यजन्तु रेड पाण्डाको छालाको अबैध कारोबार भइरहेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले होटलको ११३ नम्बर कोठामा बसेका उनीहरुको साथबाट झोलामा लुकाई राखेको उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि बाँके राष्ट्रिय निकुञ्ज कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर