उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’ – Nepal Press

उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउन नेपाल स्काउटका स्वयंसेवक परिचालन गरिने भएको छ ।

काठमाडौंको बढी भीडभाड हुने स्थानमा यातायातका साधन सहजरुपमा सञ्चालन गर्ने लक्ष्यसहित स्काउटका विद्यार्थीहरु स्वयंसेवकका रुपमा परिचालन गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत नेपाल स्काउट र नेपाल प्रहरी बीच भएको समझदारी अनुरुप, नेपाल स्काउट र ट्राफिक प्रहरीको सहकार्यमा “ट्राफिक स्वयमसेवक परिचालन २०७७” अभियानको शुरुवात भएको  हाे ।

आज ट्राफिक प्रहरी महाशाखामा आयोजित एक समारोह वच नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारी र ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक जनक भट्टराईले संयुक्त रुपमा उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै राष्ट्रिय संयोजक भण्डारीले नेपाल स्काउट शहरी क्षेत्रको ट्राफिक व्यवस्थापन र सडक सुरक्षा लगायतका सार्वजनिक महत्वको बिषयमा नेपाल सरकारको आधिकारीक स्वयमसेवी संस्थाको रुपमा समर्पित रहेको बताए।

ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक भट्टराईले स्काउट स्वयमसेवक परिचालन बाट काठमाडौंको ट्राफिक व्यवस्थापन आम जनमानसले थोरै भएपनि राहत महशुस गर्नेमा आफु विश्वस्त रहेको बताए ।

उद्घाटन कार्यक्रममा ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक भट्टराईले नेपाल स्काउटका राष्ट्रिय संयोजक श्री लोक बहादुर भण्डारीलाई स्वयमसेवक विल्ला हस्तान्तरण गरेका थिए ।

अभियान अन्तर्गत काठमाडौंको पुतलिसडक, सिंहदरवार, त्रिपुरेश्वर, टेकु, कालिमाटी, वानेश्वर, कोटेश्वर, गौशाला, चाबहील लगायतका १५ स्थानमा १३० जना युवा स्काउट स्वयमसेवकहरु एक हप्ताकालागि परिचालन हुनेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर