एनसीसी बैंकको स्पष्टिकरणः शेयर मूल्यमा प्रभाव पार्ने गरी कुनै पनि निर्णय गरेका छैनौ – Nepal Press

एनसीसी बैंकको स्पष्टिकरणः शेयर मूल्यमा प्रभाव पार्ने गरी कुनै पनि निर्णय गरेका छैनौ

काठमाडौं । नेपाल के्रडिट एण्ड कमर्स (एनसीसी) बैकले शेयर मूल्यमा प्रभाव पार्ने कुनै पनि निर्णय नगरको स्पष्टिकरण दिएको छ ।

पछिल्ला दिनमा एनसीसीको शेयर अप्रत्यासित रुपमा बढेपछि आइतबार नेप्सेले बैंकसँग स्पष्टिकरण मागेको थियो ।

नेप्सेले आइतबार बैंकको शेयरमा उच्च खरीद चाप बढेपछि शेयर मूल्यमा प्रभाव पार्ने गरी कुनै निर्णय गरे\नगरेको जानकारी दिन निर्देशन दिएको थियो ।

एनसीसी बैंकले नबिल बैंकसँग मर्जर गर्ने भन्ने हल्ला बजारमा चलेसँगै बैंकको शेयर अप्रत्यासित ढंगले बढेको थियो । बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई लाभांश सम्बन्धि सूचना समयमै उपलब्ध गराएको बताएको छ ।

कम्पनीले साधारण सभाले मर्जर वा एक्विजिसनमा जानका लागि कुरा भइरहेको भएपनि निश्चित निर्णय भने अझै नभएको बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर