प्रचण्ड–माधव पक्ष भन्छः निर्वाचन आयोगको निर्णय द्विविधाजनक – Nepal Press

प्रचण्ड–माधव पक्ष भन्छः निर्वाचन आयोगको निर्णय द्विविधाजनक

काठमाडौं । नेकपाको प्रचण्ड–माधव पक्षले निर्वाचन आयोगको निर्णय द्विविधाजनक भएको जनाएको छ । आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्न सोमबार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगले द्विविधाजनक निर्णय गर्न नहुने पनि बताए ।

उनले भने– निर्वाचन आयोग जस्तो संवैधानिक निकायले द्विविधा हुने खालको निर्णय गर्दैन, गर्नु हुँदैन ।

आयोगको आधिकारिक पत्र पाइनसकेको भन्दै उनले पत्र पाएपछि मात्रै पार्टीले पनि छलफलपछि आधिकारिक धारणा बनाउने बताए । प्रवक्ता श्रेष्ठले पार्टीको आधिकारितकता आफूहरुले नै पाउने दावी दोहोर्‍याए ।

निर्वाचन आयोगले आइतबार नेकपाको फुटलाई अस्वीकार गर्ने निर्णय गरेको थियो । प्रचण्ड-माधव पक्षले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर