कोरोना अपडेट: २४ घण्टामा ७० को मृत्यु, चार लाख बढी संक्रमित – Nepal Press

कोरोना अपडेट: २४ घण्टामा ७० को मृत्यु, चार लाख बढी संक्रमित

काठमाडौं । काेरोनाका कारण पछिल्लो २४ घण्टामा विश्वभर ७० जनाको मृत्यु भएको छ भने चार लाख बढी संक्रमित थपिएका छन् । तथ्यांकअनुसार २४ घण्टामा चार लाख ३४ हजार संक्रमित थपिएका हुन् ।

सबैभन्दा धेरै अमेरिकामा एक लाख २५ हजार दुई सय १६ जना संक्रमित थपिएका छन् भने एक हजार छ सय ९३ जनाको मृत्यु भएको छ । त्यस्तै मेक्सिकोमा एक हजार चार सय ७० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ब्राजिल, बेलायत, रुस र इटालीमा क्रमशः पाँच सय ६२, छ सय १० र दुई सय ९१ कोराना संक्रमितको मृत्यु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर