माउन्ट केटु चढेको नेपाली टोलीलाई पाकिस्तानी राष्ट्रपतिले भेटेर दिए बधाइ – Nepal Press

माउन्ट केटु चढेको नेपाली टोलीलाई पाकिस्तानी राष्ट्रपतिले भेटेर दिए बधाइ

काठमाडौं । हिउँद याममा दोस्रो सर्वोच्च शिखर माउन्ट केटु आरोहण गरेर कीर्तिमान रचेको नेपाली टोलीले विहिबार पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीलाई भेटेको छ । भेटमा राष्ट्रपतिले नेपाली आरोहण दललाई बधाइ दिए ।

केटु आरोहण गरेर इस्लामावाद फर्किएको टोलीलाई पाकिस्तानी विमानस्थलमा स्वागत समेत गरियो । सेभेन समिट ट्रेक्सका अनुसार नेपाली टोलीले शनिबार ८,६११ मिटर उचाइको केटु चढेको थियो ।

पाकिस्तानी राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तीमा राष्ट्रपति अरिफले नेपाली आरोहण टोलीलाई बधाइ एवं शुभकामना दिएका थिए । भेटमा राष्ट्रपति अरिफले केटु आरोहणको सफलताले पाकिस्तानको पर्यटनमा टेवा पुग्ने विश्वास लिएका थिए।

वक्तव्यमा यस्तो खालको गतिविधिले दुई देशको सम्बन्ध थप प्रगाढ हुने उल्लेख छ । पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारी र आरोही दलका सदस्य निम्स पूर्जाले पाकिस्तान सरकारको सहयोगप्रति आभार व्यक्त गरेका थिए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर