२४ घण्टा नपुग्दै ‘राष्ट्रपति बाइडेन’ ट्वीटर ह्यान्डलमा ४५ लाखभन्दा धेरै फलोअर – Nepal Press

२४ घण्टा नपुग्दै ‘राष्ट्रपति बाइडेन’ ट्वीटर ह्यान्डलमा ४५ लाखभन्दा धेरै फलोअर

काठमाडौं । जो बाइडेनले बुधबार राति सपथ ग्रहण गरेपछि सामाजिक सञ्जाल ट्वीटरले उनलाई अमेरिकी राष्ट्रपतिको अफिसियल ट्वीटर ह्यान्डल प्रदान गरेको छ ।

यसअघि ट्रम्पको नाममा रहेको ट्वीटर ह्यान्डलका सबै फलोअर रिसेट गरेर ट्वीटरले बाइडेनलाई अकाउन्ट हस्तान्तरण गरेको हो । प्रेसिडेन्ट बाइडेन नाम राखिएको उक्त अकाउन्टमा २४ घण्टा नपुग्दै ४५ लाखभन्दा धेरैले फलो गरिसकेका छन् ।

संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनले बुधबार रातिदेखि कार्यभार सम्हालेका छन् । त्यस्तै, उपराष्ट्रपति कमला ह्यारिसले उपराष्ट्रपतिको आधिकारिक ह्यान्डल लिएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *