कतारी आरोहीले हिउँदमै चढे माउन्ट आमादब्लम – Nepal Press

कतारी आरोहीले हिउँदमै चढे माउन्ट आमादब्लम

काठमाडौं । हिउँद याममा पनि कतारी आरोही फराद बडारले नेपालस्थित ६ हजार ८१२ मिटर उचाइको माउन्ट आमादब्लम आरोहण गरेका छन् ।

कतारस्थित नेपाली दुतावासले १४ जनवरीमा उनले शिखर चढेको बताउँदै यसले द्धिपक्षीय सम्बन्ध बलियो बन्ने उल्लेख गरेको छ ।

कोभिड–१९ प्रोटोकल पालना र चिसो मौसमबाट सुरक्षित रहेर बडारले हिमाल चढेको जनाइएको छ । बडार खाडी मुलुकबाट पहिलोपटक सगरमाथा र ल्होत्से चढ्ने आरोही हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *