लुम्बिनीले प्रदेश २ लाई दियो २५८ रनको लक्ष्य – Nepal Press

लुम्बिनीले प्रदेश २ लाई दियो २५८ रनको लक्ष्य

काठमाडौं । सन्दीप रजाली र सौरभ खनालको अर्धशतक प्रेरित लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश २ लाई २५८ रनको विजय लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले पूरा ५० ओभर खेल्दै ९ विकेट गुमाएर २५७ रनको योगफल तयार गरेको हो । ओपनरद्वय सन्दीप सुनार ११ र सुशान्त थापा ६ रन बनाएर पेभिलियन फर्के पनि मध्यक्रमका ब्याट्सम्यान सन्दीप र सौरभले ९५ रनको साझेदारी गर्दै टोलीलाई सम्मान जन योगफलतर्फ डोर्‍याए ।

लुम्बिनीका लागि १०७ बलको सामना गरेका सन्दीपले ११ चौकासहित ८३ रनको महत्त्वपूर्ण इनिङ खेले । त्यस्तै, सौरभले ६४ बलमा ५ चौका र ३ छक्कासहित ५६ रनको अर्धशतकीय इनिङ खेले । बिक्रम भूसाल ३६, कप्तान कृष्ण कार्की १० रनमा आउट हुँदा अमित तामाङ ११ र दिपेन्द्र रावत शून्यमा अविजित रहे ।

बलिङतर्फ प्रदेश २ का लागि १० ओभरमा ४८ रन खचिएका हरिकृष्ण् साहले सर्वाधिक ३ विकेट लिए । त्यस्तै, दिव्यान्सु मल्लिकले २ तथा सइफुल्लाह अनसारी, कुमार थापा र विशाल शुस्लिङले १/१ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर