प्रधानमन्त्री कपः कीर्तिपुरमा लुम्बिनी र मूलपानीमा गण्डकीले टस जितेर ब्याटिङ गर्दै – Nepal Press

प्रधानमन्त्री कपः कीर्तिपुरमा लुम्बिनी र मूलपानीमा गण्डकीले टस जितेर ब्याटिङ गर्दै

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज २ खेलहरु हुँदैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेलमा लुम्बिनीले प्रदेश–२ बिरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।

मूलपानी मैदानमा सुरु हुन लागेको अर्को खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशबिरुद्ध टस जितेर पहिले ब्याटिङको निर्णय लिएको छ ।

समूह ए मा रहेको गण्डकीको यो तेस्रो खेल हो । यसअघि उसले आफ्नो पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग ९८ रनको हार ब्यहोरेको थियो भने सोमबार प्रदेश १ माथि २ विकेटको जित हासिल गरेको थियो ।

समूह बी अन्तर्गत लुम्बिनी र प्रदेश २ ले प्रतियोगितामा पहिलो खेल खेल्दैछन् । लुम्बिनीको कप्तानी कृष्ण कार्की र प्रदेश २ को कप्तानी सुरज कुर्मीले गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर