केपी ओलीविरुद्ध आम हड्ताल गर्ने प्रचण्डको चेतावनी (भिडियो) – Nepal Press

केपी ओलीविरुद्ध आम हड्ताल गर्ने प्रचण्डको चेतावनी (भिडियो)

काठमाडौं । विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली विरुद्ध आम हड्ताल गर्नुपर्ने अवस्था आउने बताएका छन् ।

अखिल नेपाल महिला संघको बैठकलाई सोमवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले माघ १६ गतेको विशाल शक्ति प्रदर्शनपछि आम हड्तालतिर जानुपर्ने अवस्था आउन सक्ने बताए ।

प्रचण्डले भने–हामी आन्दोलन बढाउँदै जान्छौं । आम हड्तालतिर जानु पर्ने अवस्था आउन सक्छ । त्यहाँसम्म पुग्दा हामीले ब्याटल जितिसक्छौं र जसरी पनि हामीले यो ब्याटल जित्नैपर्छ ।

ओलीप्रति आक्रामक रुपमा प्रस्तुत भएका प्रचण्डले आफूहरु सिंह भएकाले ओलीविरुद्ध गर्जिनुपर्ने बताए । उनले प्रधानमन्त्रीलाई भेडाको संज्ञा दिए ।

प्रचण्डले भने– हामी पनि कता कता केपी ओली जस्ता भेडाको संगत गर्दा गर्दै भेडा जस्ता पो भयौं । हामी सिंहका सन्तान हौं, जुरुक्क उठेर गर्जियौं भने केपी ओली जस्ता भेडाहरु बाँकी रहँदैनन् ।

यो पनि पढ्नुहोस्

ओली भर्सेस प्रचण्ड-माधवको दोहोरी ब्याटल, दर्शक दीर्घामा देउवा-पौडेल जुहारी (भिडियो रिपोर्ट)


प्रतिक्रिया

One thought on “केपी ओलीविरुद्ध आम हड्ताल गर्ने प्रचण्डको चेतावनी (भिडियो)

  1. I have not seen such a vulnerable leader in Nepal. No people will stand together with you to make Prachanda or anybody else PM. Remember if you corrupt leader call strike, people will take throw stone to you.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर