मोदीले नेपालका परराष्ट्रमन्त्रीलाई नभेटेको बारे भारतीय मिडियामा आयो यस्तो प्रतिक्रिया – Nepal Press

मोदीले नेपालका परराष्ट्रमन्त्रीलाई नभेटेको बारे भारतीय मिडियामा आयो यस्तो प्रतिक्रिया

नयाँ दिल्ली –लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा नसच्चाएसम्म भारतले सीमा विवादबारे नेपालसँग कुनै वार्ता हुन नसक्ने बताएको छ । यसैसाता दिल्लीमा सम्पन्न संयुक्त आयोगको बैठकमा सहभागि नेपाली परराष्ट्रन्त्री प्रदीप ज्ञवालीलाई दिल्लीले यस्तो सन्देश दिएको जनाइएको छ ।

‘नेपालले नक्सा नसच्चाएसम्म सीमा विवादबारे कुनै छलफल हुन सक्दैन । त्यसपछि मात्र द्धिपक्षीय सम्बन्ध बलियो ढंगले अघि बढ्न सक्छ’ भारतीय सरकारी स्रोतलाई उध्दृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ ।

‘भारत नेपालको विकास, कनेक्टिभिटी, व्यापार र अन्य मुद्दामा मिलेर अघि बढ्न सक्छ तर, सीमा विवादको मुद्दा अरु बेलाको जस्तो इस्यु होइन’ समाचारमा उल्लेख छ ।

‘तर, नेपाली परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमण ट्रयाकभन्दा बाहिर गएको द्धिपक्षीय सम्बन्धलाई ट्रयाकमा ल्याउनु मात्र हो’ अखबारले लेखेको छ । ज्ञवालीले प्रधानमन्त्री मोदीसँग भेट नगरिकनै स्वदेश फर्किएका थिए । उनले रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरे ।

किन मोदीले ज्ञवालीलाई भेटेनन् ? स्रोतलाई उध्दृत गर्दै टाइम्स अफ इन्डिया लेख्छ –कोरोना भ्याक्सिन वितरणको शुभारम्भ कार्यक्रममा व्यस्त भएकाले मोदीले ज्ञवालीलाई नभेटेका हुन् भन्ने कुरा एउटा बहाना मात्र हो । खासमा नेपालको गहिरिँदो राजनीतिक संकटको कारण भारतले कुनै एकको पक्ष नलिएको हो ।’

ज्ञवालीलाई भेट्दा भारत नेपालको कुनै एउटा राजनीतिक शक्तिको पक्षमा देखिएजस्तो सन्देश जान सक्ने भएकाले मोदीले नेपाली परराष्ट्रमन्त्रीलाई नभेटेको तर्क गरिएको छ ।

‘इन्डियाले ज्ञवालीलाई इग्नोर गर्नुको कारण पनि ओलीले भ्रमण अगावै बैठकको विषय सीमा विवाद हुन्छ भनेर हो’ अखबार लेख्छ –‘किनभने, भारत सीमा विवादमा छलफल गर्ने मुडमा थिएन ।’ भारतले नेपालको राजनीतिमा चिनियाँ प्रभाव र सक्रियताबारे पनि ज्ञवालीलाई असन्तुष्टि व्यक्त गरेको जनाइएको छ ।

‘नेपालमा वैदेशिक हस्तक्षेप र सक्रियता हुँदैन भनेर ज्ञवालीले भनिरहँदा काठमाडौंमा उच्च चिनियाँ प्रतिनिधिमण्डलको भ्रमण चलिरहेको थियो’ अगाडि भनिएको छ–‘जसप्रति भारत पहिलेदेखि नै असन्तुष्ट थियो ।’ नेपालको वर्तमान राजनीतिक संकटको समाधान नेपालले आफै गर्नुपर्ने चाहना पनि भारतको रहेको उल्लेख छ ।

संसदको विघटनमा भारतको समेत हात रहेको भन्ने प्रचण्डको आरोपबारे लेखिएको छ –नेपालले आफ्नो समस्या आफै समाधान गर्नुपर्छ । यस्तो कुरामा खेल्ने भारतको इच्छा छैन ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर