बाग्मतीसँग साविक विजेता पुलिस ७ विकेटले पराजित – Nepal Press

बाग्मतीसँग साविक विजेता पुलिस ७ विकेटले पराजित

काठमाडौं । साविक विजेता नेपाल पुलिस क्लबलाई ७ विकेटले पराजित गर्दै बाग्मती प्रदेशले प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सुखद् सुरुआत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको बाग्मतीसामु पुलिसले १ सय ११ रनको योगफल तयार गरेको थियो । ११२ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको बाग्मतीले ३४.४ ओभरमा मात्रै ३ विकेट गुमाएर भेट्टायो । बाग्मतीका लागि पृथु बाँस्कोटा सर्वाधिक ४८ रन बनाएर अविजित रहे । उनले ६६ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका थिए ।

बाग्मतीका ओपनरद्वय आकाश थापा १ तथा आदिल खान १२ रनमा पेभेलियन फर्किँदा पारस खड्काले ४४ बलमा १ चौकासहित १७ रन बनाए । त्यस्तै, इशान पाण्डले १७ रनमा अविजित रहे ।

पुलिसका लागि दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले १/१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल पुलिसका लागि दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले २१÷२१ तथा सुनील धमला र कुशल भूर्तेलले १७÷१७ रनको योगदान गरेका थिए । अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसक्दा पुलिस २९.३ ओभर १११ रन बनाएर अल आउट भएको थियो ।

बाग्मतीका नन्दन यादव र तिलक भण्डारीले ४/४ तथा रामनरेश गिरीले २ विकेट लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *