प्रदेश २ मा भोलि सार्वजनिक बिदा – Nepal Press

प्रदेश २ मा भोलि सार्वजनिक बिदा

जनकपुरधाम । प्रदेश २ सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । ‘बलिदानी दिवस’को दिन प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

३ वर्षदेखि माघ ५ गतेलाई प्रदेश सरकारले बिदा दिँदै आएको छ । सिरहाको लहानमा ०६३ माघ ५ गते मधेश आन्दोलनको क्रममा विद्यार्थी रमेश महतो सहिद भएका थिए । पहिलो सहिद महतोको सम्झनामा बलिदानी दिवस मनाइँदै आएको छ ।

दिवसका दिन प्रदेश सरकारले कुनै औपचारिक कार्यक्रम भने आयोजना गरेको छैन । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले भने लहानमा सभाको आयोजना गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर