पुलिस १११ रनमा अल आउट, तिलक र नन्दनको ४/४ विकेट – Nepal Press

पुलिस १११ रनमा अल आउट, तिलक र नन्दनको ४/४ विकेट

काठमाडौं । नन्दन यादव र तिलक भण्डारीको चार/चार विकेट प्रेरित बाग्मती प्रदेशले प्रधानमन्त्री कप एकदिवशीय पुरुष क्रिकेट प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लबलाई २९.३ ओभरमा अल आउट गरेको छ । १११ रनमा पुलिसलाई अलआउट गरेसँगै बाग्मतीले ११२ रनको विजय लक्ष्य पाएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विभागीय टोली नेपाल पुलिसले २९.३ ओभरमा सबै विकेट गुमाएर १११ रन मात्रै बनाउन सक्यो ।

पुलिसका लागि ओपनरद्वय सुनील धमलाले २२ बलमा ३ चौकासहित १७ तथा कुशल भूर्तेलले ३९ बलमा २ चौकासहित १७ रन बनाएका थिए । त्यस्तै, अमित श्रेष्ठ ६ रनमा पेभेलियन फर्किँदा दीपेन्द्र सिंह ऐरीले ३९ बलमा २ चौकासहित २१ रनको योगदान गरे ।

आरिफ शेख २१, अनिल साह १, कप्तान मन्जित श्रेष्ठ ५, रसिद खान १ तथा ललित राजवंशी १ रनमा आउट हुँदा सागर ढकाल १ रनमा अविजित रहे ।

सशक्त बलिङ गरेको बाग्मतीका लागि किफायती बलिङ गरेका नन्दनले ९ ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ४ विकेट लिए । तिलकले ७.३ ओभरमा १ मेडनसहित १७ रन खर्चेर ४ विकेट लिए । त्यस्तै, रामनरेश गिरीले ६ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । तिलक भण्डारीले ७ ओभरमा १७ रन खर्चेर तीन विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *